सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ९ हजारमा कारोबार

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ९ हजारमा कारोबार

अर्थतन्त्र । सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । बिहीबर सुन प्रतितोला १२ सय र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन १ लाख ८ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदी प्रति तोला १३ सय ६० रुपैयाँ पुगेको छ । 

केहीदिन यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि मूल्य तलमाथि भइराखेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस