नाडेप लघुवित्तको नाफा घट्यो, ईपीएस कति ? 

नाडेप लघुवित्तको नाफा घट्यो, ईपीएस कति ? 

बैंक खबर । नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी घटेको र निष्क्रिय कर्जा बढेपछि खुद नाफामा गिरावट आएको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.२८ प्रतिशत घटेको छ । लघुवित्तको अन्य सञ्चालन आम्दानी २०.०३ प्रतिशत र सञ्चालन मुनाफा ९९.३२ प्रतिशत घटेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९७ प्रतिशतबाट बढेर ६.५६ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा झरेको छ । यस्तै, मूल्य आम्दानी अनुपात १ हजार १ सय ९२.८६ गुणा भने प्रतिसेयर नेटवर्थ १ सय ८३ रुपैयाँ ५५ पैसा छ।

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४० करोड ५८ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषपनि ५.५६ प्रतिशत घटेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस