मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश दिने

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश दिने

बैंक खबर । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ । 

कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस