एउटै व्यक्ति एकैपटक बैंक वित्तीय संस्था र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने

एउटै व्यक्ति एकैपटक बैंक वित्तीय संस्था र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालक वा पदाधिकारी रहेको व्यक्ति मनिचेञ्चर र विप्रेषण कम्पनीको सञ्चालक वा पदाधिकारी बन्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले २०७९ चैत ९ गते एकीकृत परिपत्र २०७८मा संशोधन गरी यस्तो निर्देशन जारी गरेको हो । 

एकीकृत इ.प्रा. परिपत्रः २३/२०७८को संशोधन मार्फत नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९मा यो व्यवस्था थप गरिएको छ । परिपत्रमा भनिएको छ ‘यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन । साथै, यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’’

यो व्यवस्था २०८० असोज मसान्तभित्र नियमति गर्नसमेत निर्देशन दिएको छ । नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा नपु¥याउने पनि परिपत्रमा उल्लेख छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस