जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

शेयर खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तले साधारणसभा र १५ प्रतिशत लाभांश वतरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा नयाँ मूल्य निर्धारण भएको हो । 

मूल्य समायोजनपछि लघुवित्तको शेयरमूल्य ९४७ रुपैयाँ ८३ पैसा कायम भएको छ । आज शुक्रबार (चैत १० गते) बुकक्लोज भएकोले बिहीबारको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । बिहीबार लघुवित्तको अन्तिम कारोबार १ हजार ९० रुपैयाँमा भएको थियो । 

लघुवित्तले चैत २६ गते आइतबारका दिन रुपन्देहीको बुटवलस्थित होटल न्यू इरामा १२ औं वार्षिक साधारणसभा गर्दैछ ।

साधारणसभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस