लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

बीमा खबर । नेपाल इन्स्योरेन्स कम्पनीले ७५औँ वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद सेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले मंसिर २८ गते बुकक्लोज गर्ने भएको छ। मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले इन्स्योरेन्सको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

All financial information at your fingertips.


शेयर गर्नुहोस