नेशनल लघुवित्तको लाभांश घोषणा


बैंक खबर । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। माघ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

लघुवित्तले प्रस्तावित लाभांशमध्ये ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस