नेप्से परिसूचक समान्य बढ्यो, २ अर्ब ५९ करोडको कारोबार


सेयर खबर । सेयर बजार मंगलबार सामान्य बढेर बन्द भएको छ । परिसूचक नेप्से नौ दशमलव ४४ अंकले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।

कारोबार भएका दुई सय ४७ कम्पनीमध्ये एक सय ८१ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । ५७ कम्पनीका सेयरधनीले भने यस दिन गुमाएका छन् । 

दुई अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता सेयर किनबेच भएको छ । 

व्यापार र अन्य समूह घटेका छन भने बाँकी सबै समूहका सूचक बढेका छन् । 

समाज लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस