नेप्से परिसूचकमा सामान्य सुधार


सेयर खबर । सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक चार दशमलव ९२ अंकले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको छ ।
दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैयाँ बराबरको ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता सेयर किनबेच भएको छ ।
     
फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, लघुवित्त, व्यापार र अन्य समूह घटेका छन् । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, जलविद्युत्, लगानी र म्युचुअल फन्ड समूह बढेका छन् ।
     
गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एनसीसी डिभेञ्चरका सेयरधनी छन् । 

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । यो कम्पनीको २४ करोड ८२ लाख रुपैयाँ बराबरको तीन लाख ५४ हजार दुई सय ५८ कित्ता सेयर किनबेच भएको छ ।

All financial information at  your fingeritps.

शेयर गर्नुहोस