किसान लघुवित्तको नाफा ऋणात्मक


बैंक खबर । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था नोक्सानीमा गएको छ । लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँले खुद नोक्सानीमा ब्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष दोस्रो त्रैमासमा लघुवित्तले १७ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा गिरावट भएपछि लघुवित्त नोक्सानीमा पुगेको हो । पुस मसान्तसम्म लघुवित्तले ९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गतवर्षको दोस्रो त्रैमासको तुलनजामा एक करोड ६७ लाख रुपैयाँ कम हो । 

लघुवित्तले इम्पेरमेन्ट चार्ज वापत ४ करोड ३८ लाख रुपैयाँ छुट्याएको छ । ५० करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ सञ्चित छ । 

लघुवित्तले छ अर्ब ५४ करोड १८ लाख रुपैयाँ ऋण सापटी लिएर कर्जा लगानी गरेको छ । यस्तै निक्षेप संकलन एक अर्ब ३२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९४ पैसा छ ।


 

All financial information at your fingertips.

शेयर गर्नुहोस