ब्याजदर घटेपछि सेयरबजारमा हरियाली, नेप्से १५.३३ अंकले बढ्यो


सेयर खबर । सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा कायम भएको छ । 

बैंकहरुले फागुन महिनाका लागि ब्याजदर घटाएपछि त्यसको असर सेयरबजारमा परेको छ । ब्याजदर घट्दा सेयरबजार बढ्छ भने ब्याजदर बढ्दा बजार दबाबमा पर्छ । 

सेन्सेटिभ परिसूचक १.२४ अंकले उकालो लागेर ३७५.९९ मा कायम भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा बढेका छन् । 

कूल १ करोड १ लाख ८ हजार १ सय २२ कित्ता सेयर ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड दुई लाख ३५ हजार चार सय ४९ रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुथली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । बलेफी हाइड्रोपावरका सेयरधनीले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । 

एनआइसी एशिया ग्रोथ फण्ड दोस्रोको इकाइ मूल्य आठ दशमलव ८९ प्रतिशतले घटेको छ । 

कारोबार भएका २४८ कम्पनीमध्ये १९९ कम्पनीको सेयरमूल्य बढेको छ । ४५ कम्पनीको सेयरमूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । लगानीकर्ताको सम्पत्ति २४ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ३३ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस