महुली लघुवित्तको लाभांश संशोधन


बैंक खबर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले सो लाभांश संशोधन गरी नगद र बोनस शेयर गरी कुल १५ प्रतिशत मात्रै वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ ।

आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस