सुनको मूल्य फेरि बढ्यो, तोलाको एक लाख २६ हजारमा कारोबार


अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य गत शुक्रबारको तुलनामा एक हजार रुपैयाँले बढी हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको थियो । 

आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ कायम छ । शुक्रबार प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको छ । 

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउन लागेको हल्लाले विश्वभर सुनको मूल्य महँगिएको छ । त्यसैको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरु बताउँछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस