सुनको मूल्य फेरि बढ्यो, तोलाको १ लाख २५ हजार ८०० मा कारोबार


अर्थतन्त्र । सुनको मूल्य बिहीबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख  २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुन एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस