राष्ट्रिय वाणिज्य बैंकले शनिबार ‘आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४’ आयोजना गर्ने


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकले ‘दिगो बैंकिङ विकासका लागि गुणस्तर अभिवृद्धि’का लागि ‘आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४’ आयोजना गर्ने भएको छ । 

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ विज्ञ तथा उद्यमीहरुकाबीचमा ब्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न बैंकले आरबीबीएल म्यानेजमेनट कन्फरेन्स २०२४ चैत तीन गते शनिबार आयोजना गर्न लागेको हो । 

अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुन लागेको कन्फरेन्समा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा र कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्ने छन् । 

कार्यक्रममा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्लेको कि नोट्स मन्तब्य हुने छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगाानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब चार सय ५० जनाको उपस्थिति रहने छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस