सेयरबजारमा गिरावट, सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता १०८.२० रुपैयाँ घट्यो


सेयर खबर । सेयरबजार आइतबार १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको छ । तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ रुपैयाँको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २४५ कम्पनीमध्ये १७२ कम्पनीको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । यद्यपी यसदिन ६३ कम्पनीका सेयरधनीले कमाएका छन भने १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

लगातार सात दिन सकारात्मक सर्किट लागेर प्रतिकित्ता १०८३ रुपैयाँ मूल्य पुगेको सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा आइतबार नकारात्मक सर्किट लागेको छ । आइतबार एकै दिन यो कम्पनीको सेयरमूल्य १०८.२० रुपैयाँले घटेको छ । सार्वोत्तम सिमेन्टकै सेयरकारोबार सबैभन्दा धेरै २८ करोड ६८ लाख रुपैयाँको भएको छ । यो कम्पनीको सेयरको बिक्रीचाप कारोबार अवधिभर नै देखियो । मायाखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै दबाब उत्पादन तथा प्रशोधन समूहमा देखियो । यो समूहको सूचक ३.६५ प्रतिशतले घटेको छ । 
 

All financial information at your fignertips.

शेयर गर्नुहोस