चिनियाँ केन्द्रीय बैंकले विज्ञान र प्रविधि क्षेत्रमा ७० अर्ब डलर सहुलियत ऋण दिने


अन्तराष्ट्रिय । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले देशको विज्ञान तथा प्रविधि क्षेत्रलाई सहयोग गर्न पाँच सय अर्ब युआन (७० अर्ब अमेरिकी डलर)को ऋण कार्यक्रम स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

केन्द्रीय बैंकले २१ वटा बैंकहरुमार्फत साना तथा मझौला प्रविधि कम्पनीहरुलाई एक दशमलव ७५ प्र्रतिशत
ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यो ऋण एक वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । जुन ऋण दुई
पटकसम्म विस्तार गर्न सकिनेछ । यो ऋण पुनरकर्जा प्याकेज हुने बैंकले जनाएको छ ।

चीनका नीति निर्माताहरुले तरलतालाई बढवा दिन र विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा सम्पत्तिको संकट र प्रमुख व्यापारिक साझेदारहरुसँगको झगडाको बीचमा विश्वास बढाउन खोजेको बताइएको छ ।

पुनरकर्जा कार्यक्रम साना तथा मझौला आकारका प्रविधि कम्पनीहरुलाई उनीहरूको प्रारम्भिक स्टार्टअप र वृद्धि चरणहरुमा मद्दत गर्न र उच्चस्तरका परियोजनाहरुलाई ऋण सहयोग प्रदान गर्न स्थापना गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस