लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले लाभांश वितरण नगर्ने


बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कायम रहेको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्ताव नियामक निकायको स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गरिने इन्स्योरेन्सले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस