किन भर्नुपर्छ बैंकमा केवाइसी ? 


बैंक खबर । ग्राहक पहिचानको अवधारणा शब्दावलीमा नयाँ मानिएपनि बैंकिङको सुरुवात देखि नै यसलाई महत्व दिइदै आएको देखिन्छ । केवाइसीबाट बैंकहरुले आफ्ना ग्राहकका बारेमा पहिचान गर्न सक्छन् । ग्राहक पहिचानको आधारभूत अर्थ हेर्ने हो भने पनि बैंकहरुले आफ्ना ग्राहकहरुलाई प्रमाणीकरण गर्ने प्रक्रिया भन्ने बुझिन्छ ।

केवाइसी अर्थात ग्राहक पहिचानबाट बैंकहरुले आफ्ना ग्राहकको संख्या, अवस्था, पृष्ठभूमी, कारोबारको प्रकृति, मनोवृति लगायतका तत्वहरुको बातरेमा जानकारी पाउन सक्नेछन् । केवाइसीको आवश्यकता बढ्दै जानुको पछाडी बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय ठगी, बैंकिङ कसुर लगायत जानेर वा नजानेर हुने वित्तीय अपराधको न्यूनीकरण गर्नका लागि पर्छ । 

ग्राहकको पहिचान गर्नु नै वास्तवमा ग्राहकको सुरक्षा गर्नु हो । त्यसैले सम्पत्ति सुद्धिकरण ऐन, २०६४ को परिच्छेद – ३ दफा ६ मा ग्राहकको पहिचान गर्नुपर्ने प्रावधान राखिएको छ । ऐनमा कुनै बैंक, वित्तीय संस्था वा गैर वित्तीय संस्थाले कुनै व्यक्तिसँग कुनै प्रकारको व्यवसायिक सम्बन्ध स्थापना गर्दा वा राष्ट्र बैंकले समय समयमा सूचना प्रकाशन गरी तोकेको रकम भन्दा बढी कारोबार गर्दा त्यस्तो व्यक्तिको पहिचान अनिवार्य गर्नुपर्ने व्यवस्था छ । 

केवाइसीमा के भर्नुपर्छ ?
सामान्यतया बैंकहरुले केवाइसी भराउँदा राखिएका विवरणहरु एउटै हुन्छन् । 

  • प्राकृतिक व्यक्ति भए निजको नाम, थर, स्थायी बसोबासको ठेगाना खुल्ने नागरिकता वा राहदानी लगायत अन्य आवश्यक कागजातको र पेशा वा व्यवसाय खुल्ने कागजातको प्रतिलिपी खुलाउनुपर्ने हुन्छ ।
  • यदि कुनै कम्पनी वा फर्म वा संस्था भएमा दर्ता भएको प्रमाणत्रको प्रतिलिपी, संस्थाका सञ्चालक समितिका सदस्यहरु तथा कार्यकारी निर्देशक वा फर्मको धनी वा साझेदारहरुको नाम, थर, ठेगाना, पेशा, व्यवसाय खुल्ने कागजात । प्यान नम्बर वा भ्याट नम्बर, औषत वार्षिक करोबार खुलाउनुपर्ने हुन्छ ।
  • यसबाहेक घरधनीको विवरण खुल्ने कागजपत्र, परिवारका सदस्यहरुको नाम थर, नगरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला र मिति, हालसालै खिचिएको फोटो तथा आफु बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा बनाउनुपर्छ आदि ।

किन पर्छ बैंकको महत्वपूर्ण कार्यमा केवाइसी 
ग्राहक पहिचान अर्थात केवाइसी बैंकको महत्वपूर्ण कार्य अन्तर्गत पर्छ । महत्वपूर्ण कार्यमा पर्नुमा खासगरी दुई वटा कारणहरु रहेका छन् । 

  • केवाइसीले बढ्दै गएको बैंकिङ अपराध, बैंकिङ कसुर, आर्थिक पारदर्शिता लगायतका विषयबाट बैंकलाई टाढा राख्छ । त्यसैले यसले बैंकको छविलाई उचो राख्न मद्यत गर्छ । 
  • केवाइसीले वास्तवमा ग्राहकको नै संरक्षण गर्छ । यसले बैंकलाई मात्र जोगाउने काम नगरेर ग्राहकको सुरक्षा गरेको हुन्छ । 

All finanicial information at your fingertips.

शेयर गर्नुहोस