बीमा के हो ? हेर्नुहोस् बीमासँग सम्बन्धित शब्द र अर्थ


बीमा खबर । बीमा भनेको कसैको ज्यान वा सम्पत्तिको नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो । यसमा बीमा गर्नेले बीमाको शर्त अनुसार आफ्नो नियन्त्रणभन्दा बाहिरको अवस्थाले ज्यान वा सम्पत्तिमा नोक्सानी हुँदा निश्चित रकम प्राप्त गर्छ । 

पानी पर्दा हामी नभिज्नका लागि छाता प्रयोग गछौँ । छाताले हाम्रो शरीर र सम्पत्तिलाई ठूलो पानी परे पनि बचाउँछ । जसरी छाता बोकेर हिँड्दा कुनै पनि बेला पर्न सक्ने पानी र घामबाट पनि जोगिन सकिन्छ, त्यसै गरी बीमा गर्दा हाम्रो जीवन, सम्पत्ति र अन्य बहुमूल्य वस्तुको सुरक्षा हुन्छ । त्यसैले बीमाले हामीलाई आकस्मिक अवस्थामा आइपर्ने आर्थिक भारबाट बचाउँछ । 

बीमासँग सम्बन्धित शब्द तथा तीनको अर्थ  

  • बीमालेख : बीमालेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो ।  
  • बीमक : बीमा गर्ने कम्पनी ।
  • बीमित : बीमा गरिएको व्यक्ति, पशुपंक्षी वा धन ।
  • बीमाशुल्क प्रिमियम : बीमा कम्पनीले वीमितको जोखिम ग्रहण गरे वापत बीमितसँग जोखिम अनुसार लिने शुल्क ।  
  • बीमा अवधि : बीमालेखमा उल्लेख भए अनुसार बीमाको जोखिम स्वीकार गरिने अवधि ।
  • मृत्यु प्रमाणपत्र : सम्बन्धित अस्पताल, चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिदिएको प्रमाणपत्र ।  
  • बीमा सर्वेयर : बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति ।
  • इच्छ्याएको व्यक्ति : बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनू भनी बीमालेखमा तोकिदिएको व्यक्ति ।  
  • लघु बीमा : न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गर्न गरिने बीमा ।

All financial information at your fingertips.

शेयर गर्नुहोस