लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य


अर्थतन्त्र । दुग्ध विकास संस्थानले दूधको म्रल्य बढाएको छ । संस्थानले बिहीबार देखि कार्यान्वयनमा आउनेगरी दूधको उपभोक्ता मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाएको हो । 

यससँगै अब दूधको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । यसअघि डीडीसीको दूधको मूल्य ८६ रुपैयाँ प्रतिलिटर थियो । आधा लिटर प्याकेटको मूल्य ४८ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वीकृतिपछि मूल्य बढाइएको संस्थानले जनाएको छ । सरकारले गएको साता किसानलाई दूध प्रति लिटर ६५ रुपैयाँ तोकेको थियो । 

निजी क्षेत्रबाट सञ्चालित डेरीले भने यसअघि नै लिटरमा १४ रुपैयाँ बढाएर प्रति लिटर एक सय रुपैयाँ पुर्याइसकेका छन् । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस