नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२०८१ मंसिर ९ गते आइतबार ।
बैंकको खबर । नबिल बैंक लिमिटेडले वितरण गर्ने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक् क्लोज गर्दैछ । त्यसैले आज (मंसिर ९ गते) सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि काठमाडौंको प्रर्दशनी मार्गमा रहेको राष्ट्रिय सभा गृहमा आफ्नो ४० औँ वार्षिक साधारणसभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ।
All banking information at your fingertips.