एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन
२०८१ मंसिर ११ गते मंगलबार ।
बैंकको खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।
इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक २७ गते बुक क्लोज गरेको थियो । त्यसैले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । इन्स्योरेन्सको हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्मा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ् ए माइनस प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
All banking information at your fingertips.