झण्डै २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


बैंक खबर । सरकारले २४ अर्ब ७० करोेड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकमार्फत सोमबार आन्तरिक ऋण उठाउन लागेको हो । 

राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल्स मार्फत सो रकम उठाइदिन लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ७ अर्ब ७० करोड, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयँको ट्रेजरी बिल्स निष्काशन गर्न लागेको सूचना निकालेको छ । 

यसमध्ये १५ अर्ब २० करोड रुपैयाँको पुरानो ट्रेजरी बिल्स नविकरण र साढे ९ अर्ब रुपैयाँको नयाँ बिल्स बिक्री गर्न लागेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस