के हो क्रेडिट कार्ड ?


बैंक खबर । क्रेडिट कार्ड पनि बैंकले सेवाग्राहीलाई उपलब्ध गराउने विद्युतीय कार्ड हो । यसलाई उधारो कार्ड भन्न सकिन्छ । यो कुनैपनि बैंक तथा वित्तीय संस्थाले आफ्ना विश्वासिला ग्राहकलाई जारी गर्दछ । यस कार्डद्धारा सेवाग्राहीले आफूसँग पैसा नहुँदा पनि वस्तु तथा सेवा खरिद गर्न सक्दछन् । 

क्रेडिट कार्ड मार्फत बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कर्जा उपलब्ध गराउँछन् । सेवाग्राहीले आफूसँग पैसा भएको बेला बैंकलाई कर्जा भुक्तानी गर्दछन् । कार्ड जारी गर्ने बैंकले सेवाग्राहीलाई ऋणको एक सीमा तोकिदिने गर्दछ । सरसामान खरिद गरिसकेपछि सेवाग्राहीले पैसा भुक्तान गर्न कार्डको प्रयोग गर्दछन् । यो कार्डबाट नगद निकाल्न पनि सक्दछन् । बैंकिङ क्षेत्रमा सूचना प्रविधिको विकाससँगै क्रेडिट कार्डको प्रयोग अत्यावश्यक बन्दै गएको छ । 

क्रेडिट कार्डको माध्यमबाट बैंक खातामा रहेको मौज्दातको सीमासम्म, खाता नखोली भौचरको आधारमा रकम जम्मा गरेको हदसम्म वा ग्राहकको विश्वसनियताका आधारमा समेत तोकिएको कर्जा सीमा उपलब्ध गराउने गरिन्छ । खातावालाले उपयोग गरेको रकम निश्चित अवधिभित्र बैंकमा जम्मा गर्नुपर्ने शर्तमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले क्रेडिट कार्ड जारी गर्ने प्रचलन लोकप्रिय बन्दै गएको छ । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस