नेष्डो समृद्धलाई १७.९३ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति, कार्यान्वयन नगर्ने लघुवित्तको निर्णय


बैंक खबर । हाल कायम चुक्ता पूँजीको करिब ७४ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति मागेको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले १७.९३४२ प्रतिशत मात्रै लाभांश वितरण गर्न स्वीकृति दिएको छ । 

लघुवित्तले चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लाथि थप ३.६८४२ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न राट्र बैंकसँग स्वीकृति मागेको थियो । 
लघुवित्तले लाभांश वितरणका लागि गत फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग बाझिएको भन्दै राष्ट्र बैंकको निर्देशन तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । 

लघुवित्तले नेप्सेलाई जानकारी गराएको पत्रमा नेपाल राष्ट्र बैंकको उक्त निर्णय बैंकद्वारा मिति २०७९/११/१० गते जारी संशोधित निर्देश्नको व्यवस्थासँग स्पष्ट बाझिएको, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले शेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण समबन्धमा बैंक तथा वित्तीय संस्था समबन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रपिकुल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट निर्णय भई नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकाले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवं जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी बढाउन नसकिने भएको भन्ने विवरण उल्लेख गरेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस