आईपीओ भर्न चाहनुहुन्छ ? घरबाटै आईपीओ भर्न अपनाउनुहोस यस्तो प्रक्रिया


शेयर बजार । प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा आवेदन दिदै आएका लगानीकर्ताका लागि आईपीओ कसरी भर्ने जानकारी अवस्य हुन्छ । तर नयाँ व्यक्ति जसलाई शेयरमा लगानी गर्न इच्छा छ तर कुनै जानकारी अथवा यसको प्रक्रिया थाहा नहुन सक्छ । आज हामी पहिलोपटक आईपीओ भर्न चाहनेहरुका लागि लक्षित गरेर यो जानकारी तयार पारेका छौं । 

१. बैंक खाता खोल्नुहोस : ः आइपीओमा आवेदन दिनका लागि सबैभन्दा पहिला सी–आस्बामा आवद्ध भएको कुनैपनि बैंकमा बैंक खाता खोल्नु पर्छ । 
२. डिम्याट खाता खोल्नुहोस : ः बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ । आइपीओ भरेपछि शेयर परेमा उक्त शेयर यही डिम्याट खातामा जम्मा हुन आउँछ । 
३. कहाँ खोल्ने डिम्याट खाता ? : डिम्याट खाता नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् । 
४. सीआरएन नम्बर लिनुहोस : डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक (डिम्याट खातामा उल्लेख गरिएको बैंक) मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ ।
५. मेरो शेयर खोल्नुहोस : आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले उपलब्ध गराएको मेरो शेयरको युजरनेम र पासर्ड पनि लिनुहोला । तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ । 
६. बैंकबाट आवेदन दिने : मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ । 
७. माथिका १ देखि ५ नम्बर सम्मका प्रक्रिया पुरा गरेपछि आइपीओमा सजिलै आवेदन दिन सकिन्छ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ । आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा नै रहन्छ ।  

शेयरबाट के फाइदा हुन्छ ?
शेयरमा लगानी गरेपछि दुई किसिमबाट फाइदा लिन सकिन्छ । पहिलो कुनैपनि कम्पनीमा तपाइले लगानी गर्नु भएको छ भने वार्षिक रुपमा लाभांश प्राप्त हुन सक्छ । त्यसैले सकेसम्म राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ । त्यस्तै दोस्रो बजारबाट पनि फाइदा लिन सक्नुहुन्छ । दोस्रो बजारमा शेयरको मूल्यमा हुने उतारचढावबाट तपाइले फाइदा लिन सक्नुहुन्छ । आफुले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर विक्री गर्न सक्ने अवसर प्राप्त हुँदा तपाईले फाइदा लिनसक्नुहुन्छ । 

All banking information at your fingertips

शेयर गर्नुहोस