आज बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक बैंकको खबर ७ दिन पहिले २०८२ जेठ ७ गते बुधबार । बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज निक्षेप संकलन बोलकबोलको माध्यममार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र अनलाइन बिडिङ सिस्टम सफ्टवेरमार्फत आफूले दिन चाहेको निक्षेप उल्लेख गरी बोलकबोलमा सहभागि हुन सक्नेछन् । ब्याजदर पनि बोलकबोलको मध्यमबाट नै निर्धारण हुनेछ । २१ दिनका लागि संकलन गर्न लागिएको यस उपकरणको साँवा ब्याज भुक्तानी जेठ २६ गते हुने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले