चालू पुँजी कर्जामा राष्ट्र बैंक लचक


बैंकको खबर । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै व्यवसायी र बैंकरले उठाउँदै आएका मागलाई सम्बोधन गरेको छ । केन्द्रीय बैंकले चालुपुँजी कर्जा मार्गदर्शन २०७९ संशोधन गर्दै कार्यान्वयन अवधि एक वर्ष पछाडि सारेको छ । 

यसअघि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले मार्गदर्शन जारी गर्दै सीमाभन्दा बढी चालू पुँजी कर्जा लिएका व्यवसायीहरुले २०८२ असार भित्र कर्जा तिरेर सीमामा ल्याइसक्ने व्यवस्था गरेका थिए । हालको प्रावधानअनुसार व्यवसायीहिरूले वार्षिक कारोबारको २५ प्रतिशतसम्म चालुपुँजी कर्जा लिन पाउने व्यवस्था छ । 

गभर्नर डा. विश्वनाथ पौडेलले उक्त समयसीमा अब २०८३ असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेका छन् । त्यस्तै, मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिस गर्दै कर्जा समायोजन गर्नुपर्ने व्यवस्था २०८३ साउन १ गतेबाट लागू हुने गरी परिमार्जन गरिएको छ ।

व्यवसायीहिरुले सो व्यवस्थाको विरोध गर्दै सहजीकरणका लागि माग गर्दै आएका थिए । गभर्नर पौेडेलले मौद्रिक नीति ल्याउनुभन्दा अघि नै लचक बन्दै मार्गदर्शन संशोधन गरेका हुन् । 
 

शेयर गर्नुहोस