निर्जीवन बीमा कम्पनीहरुले ११ महिनामा संकलन गरे करिब ४० अर्ब बीमाशुल्क बैंकको खबर ३ दिन पहिले २०८२ असार १७ गते मंगलबार । बीमा खबर । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा करिब ४० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८१ साउन देखि २०८२ जेठ मसान्तसम्मको तथ्यांकअनुसार १४ निर्जीवन बीमा र ४ वटा लघु बीमा कम्पनीले कुल ३९ अर्ब ८८ करोड ४० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । यसमध्ये १४ वटा निर्जीवन बीमा कम्पनीले ३९ अर्ब ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ बीमामा शुल्क संकलन गरेका हुन् । शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनीले ९७ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । लघु निर्जीवन बीमामा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै २३ करोड ७९ लाख रुपैयाँ र सबैभन्दा कम ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले