जीवन बीमा कम्पनीहरुको ११ महिनाको ब्यापार एक खर्ब ५५ अर्ब


२०८२ असार १७ गते मंगलबार ।

बीमा खबर । जीवन बीमा कम्पनीहरुले यस आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्म एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । नेपाल लाइफले ११ महिनामा ४० अर्ब दुई करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १८ खर्ब ९० करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १७ अर्ब २४ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् । सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ७३ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

सञ्चालनमा रहेका तीन वटा माइक्रो लाइफ इन्स्योरेन्सले कुल एक अर्ब नौ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सबैभन्दा कम लिवर्टी मइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । 

शेयर गर्नुहोस