सेयरबजार करिब २९ अंकले बढ्यो


२०८२ असार १७ गते मंगलबार । 

सेयर खबर । सेयरबजार मंगलबार पनि बढेको छ । कारोबार मापक नेप्से परिसूचक २८.९१ विन्दुले बढेर २६६०.३९ विन्दुमा कायम भएको छ । 

सात अर्ब तीन करोड ३० लाख रुपैयाँ बराबरको एक करोड ५७ लाख ६४ हजार एक कित्ता सेयर किनबेच भएको छ । 
कारोबारमा आएका २४८ कम्पनीमध्ये २१७ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । यद्यपी यसदिन ३१ कम्पनीको सेयरमूल्य भने घटेको छ ।

उत्पादन तथा प्रशोधन र ब्यापार बाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै लगानी समूह २.३८ प्रतिशत र लघुवित्त समूह २.२२ प्रतिशत बढेको छ । 

सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत र न्यादी हाइड्रोपावरको ९.८७ प्रतिशत बढेको छ । युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक २.१३ प्रतिशत घटेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयरकारोबार सबैभन्दा धेरै ४६ करोड १६ लाख रुपैयाँको भएको छ ।

शेयर गर्नुहोस