यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२०८२ असार १८ गते बुधबार ।

बीमा खबर । आज (२०८२ असार १८ गते) यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (२०८२ असार १९ गते) सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन र सभाबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 

 

 

इन्स्योरेन्सले असार ३० गते, काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रालिमा ३१औँ वार्षिक साधारणसभा बोलाएको छ। 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । यस्तै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १० प्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस