युनिक नेपाल लघुवित्तले जेठ ११ गतेदेखि एफपीओ निष्काशन गर्ने


बैंक खबर । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले जेठ ११ गतेदेखि १६ गतेसम्म एफपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ३ करोड ७९ लाख ४२ हजार पाँच सय रुपैयाँको ३ लाख ७९ हजार ४ सय २५ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भएपछि सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत पु¥याउन एफपीओ निष्काशन गरेको हो । मर्जर पछि लघुवित्तको संस्थापक शेयर स्वामित्व ९४.०१ प्रतिशत र सर्वसाधारण शेयरको ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम शेयर निष्काशन गर्न लागेको हो । 

शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनम १० कित्ता र अधिकतम एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।  
 

All financial information at your fingertips. 

शेयर गर्नुहोस