ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त



बैंक खबर । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्र भएका छन । क्यापिटलको सञ्चालक समितिको जेठ ३ गते बुधबार बसेको सञ्चालक समितिको २७ औं बैठकले ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्षमा नियुक्त गरेको हो । 

ढकालसँग बैंकिङ क्षेत्रमा उच्चव्यवस्थापन तहमा करिब १५ वर्ष काम गरेको अनुभव छ । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षको रुपमा काम गरिसकेका छन् । 

नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान पुग्ने विश्वास क्यापिटलले गरेको छ । 

ज्योतिविकास बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । क्यापिटलले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म १ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । साथै, हरेक ग्राहकहरुको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्रबोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्रबोर्डबाट पूर्वाधार तयार गर्ने पत्र (ीइक्ष्) प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।


 

All financial information at your fingertips.

शेयर गर्नुहोस