गुराँस लघुवित्तको सीईओमा उपाध्याय नियुक्त


बैंक खबर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् । जेठ २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उपाध्यायलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल जेठ ३ गतेदेखि नै सुरु भएको लघुवित्तले जनाएको छ । 

उपाध्यायले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । त्यसअघि उनले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक देखि प्रमुख कार्यकारी अधिकृतसम्म रही २१ वर्ष काम गरेका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस