प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत १६ गते, लाभांश पारित गर्ने


बीमा खबर । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ चैत १६ गते बिहीबारका दिन २१औं वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सको २०७९ फागुन २३ गते बसेको सञ्चालक समितिको २४० औं बैठकले सो दिन वीरगञ्जको पर्सा स्थित दियालो लर्डस प्लाजामा दिउँसो साढे १२ बजेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

साधारणसभाले चुक्ता पूँजीको ३.३२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सञ्चालक समितिबाट प्रस्तावित २० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश पारित गर्नेछ । 

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैयाँबाट वृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ कायम गर्ने सम्बन्धी निर्णय गर्नेछ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशेधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि इन्स्योरेृन्सले २०७९ चैत ३ गते एक दिन कम्पनीको सेयर दाखिल, खारेज दर्ता बन्द गर्ने भएको छ । 

All banking information at your fingertips

शेयर गर्नुहोस