लाभांश र एफपीओ प्रस्ताव पारित गर्न समीट लघुवित्तले डाक्यो साधारणसभा


बैंक खबर । समीट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण र एफीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ३० गते वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले काभ्रेपलाञ्चोकको बनोपास्थित अरनिको पार्टी प्यालेसमा चौधौं वार्षिक साधारणसभा डाकेको हो । साधारणसभा साढे १० बजे सुरु हुने लघुवित्तले जनाएको छ । 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ३५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यस्तै यस्तै संस्थापक र साधारण शेयरको अनुपात मिलाउन ८ लाख ५३ हजार ६ सय ६५ कित्ता शेयर प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । यसबाहेक अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धमा सञ्चालक समितिलाई काम गर्न अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले जेठ १८ गतेदेखि शेयरधनी किताब बन्द गर्ने जनाएको छ । जेठ १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस