५५ खर्ब पुग्यो बैंकहरुको निक्षेप, ऋण प्रवाह ४८ खर्ब ४६ अर्ब 


बैंक खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो निक्षेप मध्ये वाणिज्य बैंकरुहसँग ४८ खर्ब ५१ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप छ । 

यस्तै बैंकहरुले प्रवाह गरेको ऋण लगानी पनि ४८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । यस मध्ये वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४२ खर्ब ९५ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीको कर्जा प्रवाह ५ खर्ब ५१ अर्ब रुपैयाँ छ । 

निक्षेप बढ्दै गएको तर कर्जाको माग न्यून भएका कारण बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.७४ प्रतिशतमा झरेको छ । बैंकहरुको अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस