भारतीय केन्द्रिय बैंकले फेरी बढायो रिपोदर, बैंकहरुको ब्याजदर बढ्ने


बैंक खबर । भारतीय केन्द्रिय बैंकले ब्याजदर फेरी बढाएको छ । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले बुधबार ६.२५ प्रतिशत रहेको रिपोदर बढाएर ६.५० प्रतिशत पु-याएको हो ।

यसअघि आरबीआईले अघिल्लो महिना ०.३५ प्रतिशतले रिपोदर बढाएको थियो । आरबीआईले पछिल्लो १० महिनामा छैठौंपटक रिपो दर बढाएको छ । 

आरबीआई गभर्नर शक्तिकान्त दाशले बैंक दर निर्धारण गर्ने समितिले रिपोदर बढाएको घोषणा गरेका हुन् । 

भारतमा २०२२ मेमा रिपोदर ४ प्रतिशत थियो । त्यसयता रिपोदर साढे २ प्रतिशतले बढीसकेको छ । 

मुद्रास्फीति नियन्त्रणमा आउँदै गएपनि महँगीमा अंकुश लगाउन र बजारमा नगद प्रवाह कम गर्न रिपोदर बढाएको आरबीआईले जनाएको छ । 
रिपोदर बढेपछि सबै बैंकहरुले कर्जाको दर बढाउनेछन् । 

All banking information at your fingertips

शेयर गर्नुहोस