पोखराको न्युरोडमा नेपाल लाइफको आफ्नै भवन


बीमा खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा आफ्नै भवन निर्माण गरेको छ । इन्स्योरेन्सले सोमबार भवनको उद्घाटन गरेको छ । 

कम्पनीको सञ्चालक समिति सदस्यहरू कमलेश अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा भवनको उद्घाटन गरेका छन् ।

सो अवसरमा कम्पनीका सञ्चालक कमलेश अग्रवालले नेपालका मुख्य शहरह?मा कम्पनीले आफ्नै भवन निर्माण गर्ने योजना सहित काम गरिहरको जनाए । बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले पोखरामा आफ्नै भवनबाट सेवा प्रवाह गर्नु रणनीतिक रूपमा महत्वपूर्ण रहेको बताए । उनले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सेवाको गुणस्तरमा ध्यान दिइएको जानकारी दिए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस