आईएमई लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने


बीमा खबर । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले जारी पुँजी चार अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने एक अर्ब २० करोड रुपैयाँको एक करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी दुई सय ३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गर्न लागेको शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नपालीहरुका लागि १० प्रतिशतले हुन आउने १२ लाख कित्ता शेयर छुट्याएको छ । त्यसैगरी, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत (६ लाख कित्ता) र कर्मचारीहरुका लागि ५ प्रतिशत (६ लाख कित्ता) शेयर छुट्याएको छ । सर्वसाधारणका लागि ९६ लाख कित्ता शेयर छुट्याइएको छ । 

इन्स्योरेन्सले असार १ गतेदेखि १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउनेछ । सर्वसाधारणका लागि असार २० गतेदेखि २४ गतेसम्म निष्काशन गर्नेछ । यो अवधिमा माग भए अनुरुप आवेदन नपरे आवेदन दिने समय साउन ४ गतेसम्म लम्बिनेछ । 

इच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस