आइएमई पे र युनिमनी एक्सचेन्जबीच भाग्यशाली सेवाग्राहीलाई उपहार दिनेसम्बन्धी सम्झौता


बैंक खबर । आइएमई पे र मनी ट्रान्सफर सेवा प्रदायक युनिमनी एक्सचेन्ज कतारबीर्च सेन्ड मनी अनलाइन एन्ड विन बिग’ अभियानमा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार युनिमनी मार्फत आइएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस२२ अल्ट्राका साथै ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम सुन जित्ने छन् । 

यो अभियान २०७९ चैत १ गतेदेखि लागू भई २०८० जेठ १ गतेसम्म सञ्चालन हुनेछ । 

युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा पनि पाउन सकिने आइएमई पेले जनाएको छ । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस