राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई एनएमबि बैंकले सम्मान गर्ने बैंकको खबर १२ महिना पहिले बैंक खबर । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान स्वरूप नगद पुरस्कार दिने भएको छ । बैंकले १६ खेलाडीलाई जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले राष्ट्रका गौरव खेलाडीको मनोबल उच्च कायम राख्न सके खेल क्षेत्रको प्रगति हुने मान्यताका साथ नगद सम्मान गर्न लागिएको बताए । २०१९ देखि शुरू भएको विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ ओटा म्याचमा जित हात पारेको नेपाल आज (चैत २ गते बिहीवार) हुने अन्तिम खेलमा यूएआइसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल जित हात पारेमा नेपाल ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । यसपछि नेपालले पहिलोपटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल््ने मौका पाउनेछ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै १२ महिना पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य १२ महिना पहिले मर्चेन्ट बैंकरको सूचीमा थपियो अर्को कम्पनी, एलिट क्यापिटलले पायो लाइसेन्स १२ महिना पहिले