कमोडिटी फेयरमा सहभागी हुन उद्योग मन्त्री रिजाल चीन प्रस्थान


अर्थतन्त्र । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणमा १३ औं काशी कमोडिटी फेयरमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् । 

चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ देखि १० गतेसम्म कोडिटी फेयर आयोना हुँदैछ । फेयरको मुख्य उद्देश्य सिल्क रोड इकोनोमिक बेल्टमा रहेकमा मुलुकहरुसँगको सम्पर्क सञ्जाल अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी बाह्य विश्वसँग खुला हुने मञ्चहरुलाई मजबुत पार्ने तथा बाह्य विश्वसँगको खुलापनलाई बढाउने रहेको छ । 

भ्रमण टोलीमा मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पतिकृष्ण श्रेष्ठ पनि छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस