त्रिवि परीक्षा नियन्त्रण कार्यालय र पीसीएसबीच सम्झौता


बैंक खबर । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र प्रोफेसनल कम्प्युटर सिस्टम प्रालि (पीसीएस)बीच परीक्षा व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नती तथा विकास गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा त्रिवि परीक्षा नियनत्तण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार पीसीएसले १८ महिना भित्र परीक्षा नियन्त्रण कार्यालयको परीक्षा व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गर्ने काम सम्पन्न गर्नेछ । 

प्रणालीको विकासपछि विद्यार्थीहरुलाई घरबाटै सर्टिफिकेट लिन र विभिन्न शुल्क भुक्तानी गर्न सहज हुने विश्वास गरिएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस