समाज लघुवित्तले १५ प्रतिशत लाभांश दिने


बैंक खबर । समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । 

लघुवित्तको सञ्चालक समितिले असार ५ गते नै लाभांश प्रस्ताव गरेको भए पनि असार १७ गते मात्रै निर्णय सार्वजनिक गरेको छ । 

प्रस्तावित लाभांश मध्ये १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

स्वस्तिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यो लघुवित्तको शेयर कारोबार रोक्का रहेका कारण निर्णय सार्वजनिक गर्न ढिलाई भएको बुझिएको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।  

All financial information at your fingertips.

शेयर गर्नुहोस