नेप्सेले नयाँ ब्रोकरलाई कारोबार गर्न दिने


बैंक खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका नयाँ ब्रोकरलाई कारोबार प्रणालीमा आबद्ध गराउने भएको छ । नेप्से सञ्चालक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

धितोपत्र कारोबार प्रणालीमा आबद्ध हुन धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका १८ वटा ब्रोकरले नेप्सेमा आवेदन दिएका थिए । नयाँ ब्रोकरबाट पाएको आवेदनउपर छलफल गरेपछि नेप्से सञ्चालक समितिले आफ्नो कारोबार प्रणालीमा आवद्ध गर्न सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । 

नेप्सेमा आवेदन दिएका सबै ब्रोकर सञ्चालनमा आएपछि नेपालमा स्टक ब्रोकरको संख्या ६८ पुग्नेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस