सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने


बीमा खबर । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल दुई सय ४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने भएको हो । 

इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुने एक अर्ब २२ करोड ५० लाख रुपैयाँ बरारबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । निष्काशन गर्न लागेको कुल शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन खुला गर्ने भएको छ । शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओका लागि इन्स्योरेन्सले इक्रा नेपालबाट इक्रा एनपी इस्यूर रेटिङ्ग त्रिपल बी पाएको छ । जसले इन्स्योरेन्सको वित्तीय दायित्व मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस