सन नेपाल लाइफको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने ?


बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुलेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो । 

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा आईपीओ बिक्री निष्कासन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री निष्कासन गरेको हो । 

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस